
काठमाडौँ, माघ २४ :
नेपाली बजारमा बुधबार सुन तोलामा दुई हजार दुई सय रुपैयाँले वृद्धि भएको छ ।
आज सुनको मूल्य तोलामा एक लाख ६६ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मङ्गलबार सुन तोलामा एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४५ रुपैयाँले बढेर तोलामा एक हजार ९७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।