काठमाडौँ, माघ २५ :

नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार ६ सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।