बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

दक्षिण अफ्रिकामा हुने जी-ट्वेन्टी शिखर सम्मेलनमा अमेरिका सहभागी नहुने, यस्तो छ कारण !

बीबीसी बीबीसी · बिहीबार, २५ माघ, २०८१ मा प्रकाशित
दक्षिण अफ्रिकामा हुने जी-ट्वेन्टी शिखर सम्मेलनमा अमेरिका सहभागी नहुने, यस्तो छ कारण !
अमेरिकी विदेशमन्त्री मार्को रुबियो । गेट्टी इमेज
वासिंटन, माघ २५ :

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकाको जोहानेसबर्गमा हुने जी-ट्वेन्टी शिखर सम्मेलनमा भाग नलिने बताएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा यसबारे जनाउँदै भनेका छन्, ‘दक्षिण अफ्रिकाले धेरै नराम्रो काम गरिरहेको छ । यसले सार्वजनिक प्रयोगका लागि निजी सम्पत्तिहरू अधिग्रहण गरिरहेको छ ।’

उनी भन्छन्, ‘मेरो काम अमेरिकाको राष्ट्रिय हितलाई अगाडि बढाउनु हो, करदाताहरूको पैसा खेर फाल्नु वा अमेरिकाविरोधी भावनालाई बढावा दिनु होइन ।’

दक्षिण अफ्रिकाले जोहानेसबर्गमा हुने जी-ट्वेन्टी शिखर सम्मेलनको विषयवस्तुका रूपमा एकता, समानता र दिगोपनलाई रोजेको छ ।

जोहानेसबर्गले २०२५ मा जी-ट्वेन्टी शिखर सम्मेलनको अध्यक्षता गर्दै छ ।

जी-ट्वेन्टी नामले नै संकेत गरे झैं, यो २० देशहरूको समूह हो ।

सन् १९९९ मा जब एसियाले आर्थिक संकटको सामना गर्‍यो, विभिन्न देशका अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूले मिलेर एउटा मञ्च गठन गर्ने निर्णय गरे ।

केही वर्षपछि २००७ मा आर्थिक मन्दीको छाया सम्पूर्ण विश्वमा मडारिरहेको थियो । त्यसपछि जी-ट्वेन्टीको पहिलो बैठक सन् २००८ मा अमेरिकाको वासिंटनमा आयोजना भएको थियो ।

जी-ट्वेन्टी समूहमा १९ देश संलग्न छन् । जसमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, कोरिया गणराज्य, मेक्सिको, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका छन् । योसँगै जी-ट्वेन्टी समूहको २०औं सदस्य युरोपेली संघ (ईयू) हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार