बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
कर्पोरेट

वीरगन्जमा खुल्यो शशिला मोटर्सको विद्युतीय सवारीसाधन बिक्री केन्द्र

विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा जोड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ माघ, २०८१ मा प्रकाशित
वीरगन्जमा खुल्यो शशिला मोटर्सको विद्युतीय सवारीसाधन बिक्री केन्द्र
काठमाडौं, माघ २६ :

शशिला मोटर्स प्रालिले वीरगन्जमा आफ्नो नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। प्रतिमा चोकस्थित नयाँ केन्द्रको उद्घाटन मधेश प्रदेशसभा सांसद तथा पूर्वराज्यमन्त्री रहबर अन्सारीले गरेका हुन् ।

उद्घाटन समारोहमा अन्सारीले विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै, विद्युतको आन्तरिक खपत बढाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए । उनले विद्युतीय सवारीसाधनको प्रयोगले इन्धन आयात घटाउनुका साथै वातावरणीय प्रदूषण न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले कम्पनीले जहिले पनि गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले बिक्री मात्र नभई, बिक्रीपछिको सेवा सहज र प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गरे ।

कम्पनीले वीरगन्ज शाखा तथा सिमरा वर्कसप सञ्चालनमा आइसकेपछि बर्दिवास, दाङ, नेपालगन्ज र बुटवलमा समेत छिटै शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ । कार्यक्रममा भूमि समस्या समाधान समिति पर्साका अध्यक्ष तबरेज अहमद, नेकपा एमाले नेता सलाउद्दिन अहमद, अकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

उद्घाटनकै अवसरमा शशिला मोटर्सले पाँचवटा विद्युतीय माइक्रोबस ग्राहकलाई हस्तान्तरण गरेको छ । यसअघि कम्पनीले बाराको सिमरामा रहेको मल्टिप्रपोज यातायात प्रालिलाई ३० वटा माइक्रोभ्यान हस्तान्तरण गरिसकेको छ । शशिला मोटर्सले हाइगर, किटोन, भेन्चीलगायत विभिन्न ब्रान्डका विद्युतीय सवारी-साधनको बिक्री गर्दै आएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार