बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार विदेश

पूर्वमुख्यमन्त्री केजरीवालद्वारा हार स्वीकार, भाजपालाई दिए बधाई

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ माघ, २०८१ मा प्रकाशित
पूर्वमुख्यमन्त्री केजरीवालद्वारा हार स्वीकार, भाजपालाई दिए बधाई
काठमाडाैं, माघ २७ :

पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली विधानसभा चुनावमा पराजय स्वीकार गरेका छन् । सामाजिक सञ्जाल मार्फत जारी भिडियो सन्देशमा उनले जनताको निर्णयलाई पूर्ण नम्रताका साथ स्वीकार गर्दै रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताए ।

विगत दश वर्षसम्म जनताले  दिएको अवसरको सदुपयोग गरेको जनाउँदै उनले यो अवधिमा शिक्षा, स्वास्थ्य, खानेपानीका साथै दिल्लीको पूर्वाधारका लागि धेरै काम गरेको समेत चर्चा गरे ।

‘अब जनताले हामीलाई निर्णय दिएका छन्। हामी रचनात्मक प्रतिपक्षको भूमिका मात्रै खेल्ने हैन, व्यक्तिको आवश्यकता परे पनि जनताको सुख-दु:खमा सहयोग गर्ने, समाजसेवामा पनि काम गर्ने छौं। किनभने हामी कुनै शक्तिका लागि राजनीतिमा आएका होइनौं उनले भने, हामी राजनीतिलाई जनताको सेवा गर्ने, जनताको सुख-दु:खमा सहयोग गर्ने माध्यम मान्छौँ।’

केजरीवालले भारतीय जनता पार्टीलाई जितको लागि बधाई दिँदै मतदाताहरुका सबै आशा र अपेक्षाहरू पूरा गर्ने विश्वास व्यक्त गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार