आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
कर्पोरेट

नेपाल पर्वतारोहण संघका स्रोत सदस्यलाई ट्रेकिङ बिमा सुविधा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० माघ, २०८१ मा प्रकाशित
नेपाल पर्वतारोहण संघका स्रोत सदस्यलाई ट्रेकिङ बिमा सुविधा
काठमाडौं, माघ ३० :

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र नेपाल पर्वतारोहण संघबीच नेपाल पर्वतारोहण संघका आफना स्रोत सदस्य पदयात्रा एजेन्सीहरुमार्फत पर्वतारोहण लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी, तथा अन्य सहायकका लागि न्यूनतम मूल्यमा ट्रेकिङ बिमा सुविधा उपलब्ध गराउने गरी सम्झौता गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी पर्यटन नियमावलीअनुसार पर्वतारोहण दलका सहयोगी सदस्यहरुका लागि न्यूनतम १५ लाख रुपैयाँबराबरको दुर्घटना बिमा, चार लाख रुपैयाँबराबरको स्वास्थ उपचार बिमा तथा अमेरिकी डलर १० हजार बराबरको खोजतलास तथा हेलिकोप्टर उद्धार बिमा गरिनुपर्ने व्यवस्थाअनुरुप नेपाल पर्वतारोहण संघद्वारा सूचीबद्ध २७ चुचुराका लागि  विशेष बिमा योजना ल्याएको हो ।

साबिकमा पदयात्रा एजेन्सीहरुले महँगो शुल्कमा बिमालेख खरिद गर्नुपरेको अवस्था मध्यनजर गर्दै सहुलियत दरमा यो बिमा योजना ल्याएको हो । हालै भएको सम्झौतापत्रमा संघका अध्यक्ष निमानुरु शेर्पा र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पर्यटन क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरुबीच गत माघ १९ गतेका दिन कम्पनीका नायब कार्यकारी अधिकृत वरिष्मा साउद आचार्य र संघका अध्यक्ष निमानुरु शेर्पाले सार्वजनिक गरे ।  यो सिजनका लागि ट्रेकिङ बिमा योजना १ मार्च २०२५ देखि लागु हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार