सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश मधेस प्रदेश

बाढीले क्षतिग्रस्त बीपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्मको सडक पुनः निर्माण सुरु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १ फागुन, २०८१ मा प्रकाशित
बाढीले क्षतिग्रस्त बीपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्मको सडक पुनः निर्माण सुरु
फाइल फोटो
काठमाडौँ, फागुन १ :

बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ ।

विभागका अनुसार धेरै क्षति भएको राजमार्गको १३ किलोमिटर खण्डमा काम प्रारम्भ भएको हो । क्षतिग्रस्त १३ किलोमिटरमध्ये आठ दशमलव पाँच किलोमिटर सडक पुनः निर्माण सुरु भएको हो । 

भक्तपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले क्षतिग्रस्त १४ स्थानमा मर्मत थालिएको जानकारी दिए । हाल बीपी राजमार्गलाई नै पहिलो प्राथमिकता दिएको भन्दै आवश्यक परे राति पनि काम गर्ने बताए । यातायात अवरुद्ध हुन नदिने गरि काम गर्ने उनले बताए ।

गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको टोलीले उक्त राजमार्गको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री दाहालले बाटो पुनर्निर्माण गर्न स्रोत अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार