शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
मनाेरञ्जन कला

आठौं संस्करणको राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिता चितवनमा हुने, विजेताले ३ लाख पाउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ४ फागुन, २०८१ मा प्रकाशित
आठौं संस्करणको राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिता चितवनमा हुने, विजेताले ३ लाख पाउने
चितवन, फागुन ४ :

राष्ट्रिय रनिङ सिल्ड दोहोरीगीत प्रतियोगिताको आठौं संस्करण फागुन १७ गतेबाट २० गतेसम्म हुने भएको छ ।

चितवनमा शनिबार पत्रकार सम्मेलन गरी  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यसबारे जानकारी दिएको हो । फागुन १७ गतेबाट २० गतेसम्म चितवनको सुन्दरनगरी भरतपुर नगरपालिका १० स्थित वीरेन्द्र क्याम्पसको डिग्री भवनको खेलमैदानमा आयोजना हुने प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जनाइन् ।

उनका अनुसार प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख, द्वितीय पुरस्कार  २ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अध्यक्ष थापामगरले भनिन्, ‘प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट वेशभूषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।’

आठौं राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगितामा पचास लाख नेपाली र नेपालीभाषी दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार