
काठमाडौँ, फागुन ५ :
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला दुई हजार सात सय र चाँदी १५ सयले घटेको हो ।
गत शुक्रबार प्रतितोला सुन एक लाख ७० हजार दुई सयमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला १५ ले घटेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ५५ निर्धारण गरिएको छ ।