काठमाडौँ, भदौ ३ :

सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रियसभा बैठक बस्दै छ । आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन विधेयक) २०८१ पेस गर्ने कार्यसूची छ । 

साथै बैठकमा मन्त्री चौरसियाले ‘प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 बैठक दिउँसो १: १५ बजे बस्ने छ ।