
काठमाडौँ, फागुन ६ :
भारतको दिल्लीमा सोमबार बिहानै ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
आज बिहान ५ बजेर ३६ मिनेटमा दिल्ली- एनसीआरमा गएको भूकम्पका कारण वरपरको क्षेत्रमा शक्तिशाली धक्का महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
भूकम्प आएपछि ठुलो संख्यामा मानिसहरू बाहिर निस्किएका थिए ।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले भूकम्पको केन्द्र दिल्लीबाट ५ किलोमिटर तल रहेको जनाएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ४. ० मापन गरिएको थियो ।
दिल्ली प्रहरीले सबैलाई सुरक्षित रहन आग्रह गर्दै आपतकालीन अवस्थामा ११२ डायल गर्न आग्रह गरेको छ ।