काठमाडाैँ, फागुन ६ :

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ ।

आज सुन प्रतितोला एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार सुन प्रतितोला एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।