
Photo: BBC
फागुन ७ :
क्यानाडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिँदा एक बालकसहित १९ जना घाइते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको एपीले जनाएको छ ।
मिनेसोटाबाट टोरन्टोका लागि आएको डेल्टा उडानमा सवार सबै ८० जनालाई अमेरिकी सङ्घीय उड्डयन प्रशासनले सकुशल निकालेको छ । ७६ जना यात्रु र चार चालक दलका सदस्य रहेको विमान स्थानीय समय अनुसार दिउँसो सभा २ बजे दुर्घटनामा परेको हो ।
घटना पछि विमानस्थल करिब साढे दुई घण्टाको लागि बन्द भएको थियो ।
क्यानाडामा हिउँ र हावा चलिरहेकोले मौसमकै कारण दुर्घटना भएको त्यहाँको सरकारले अनुमान गरेको छ ।