बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार विदेश

प्रकृति मृत्युबारे छानबिन गर्न ओडिसा सरकारले बनायो उच्चस्तरीय समिति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ८ फागुन, २०८१ मा प्रकाशित
प्रकृति मृत्युबारे छानबिन गर्न ओडिसा सरकारले बनायो उच्चस्तरीय समिति
काठमाडौं, फागुन ८ :

भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि उत्पन्न परिस्थितिबारे छानिबन गर्न उडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । समितिले लम्सालको मृत्युपछि भएको प्रदर्शन र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारको छानबिन गर्नेछ ।

छानबिन समितिमा गृह विभागबाट अतिरिक्त मुख्य-सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

बुटवलकी २० वर्षीया प्रकृति आइतबार अपराह्व होस्टेलको कोठामा मृत फेला परेकी थिइन् । त्यसपछि सोही विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थी र भारतीय विद्यार्थीहरूले दोषीमाथि कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका थिए ।  विश्वविद्यालय प्रशानले छानबिन गर्छौं भन्नुको साटो उल्टै नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको थियो । त्यसपछि नेपाली विद्यार्थीहरूले विश्वविद्यालय छाडेका थिए । नेपाल सरकारले कूटनीतिक पहल गरेपछि विश्वविद्यालय प्रशासनले माफी मागी नेपाली विद्यार्थीलाई होस्टलमा फिर्ता बोलाएको थियो ।

घटनाका एक आरोपी सोही विश्वविद्यालयका एक छात्र पक्राउ परेका छन् । अनुसन्धानका लागि नेपाली प्रहरीको टोली पनि सोही विश्वविद्यालयमा पुगिसकेको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी दिएकी छन् । यो घटनाको सदनदेखि सडकदेखि विरोध भइरहेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार