सिरहा, फागुन ८ :

सिरहाकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कारपछि मृत्यु घटनाको छानबिनका लागि गठित प्रदेश प्रहरीको टोलीले पनि अनुसन्धान थालेको छ । एसएसपी शान्तिराज कोइरालाको नेतृत्वको टोलीले पीडितको घरमै पुगेर घटनाबारे जानकारी लिएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले मंगलबार  कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको थियो ।

सामूहिक बलात्कारको विषय सार्वजनिक भएपछि गाउँमा पञ्चायती भएको र पञ्चायतीका क्रममा लेनदेनको कुरा पनि भएको तथ्य फेला परेको परेको छ ।  वडासदस्यसहितका स्थानीयको संलग्नतामा भोलिपल्ट र तेस्रो दिन पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । ु

गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुकुमारीको स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेकी उनी माघ ३० गते पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

यसैबीच घटनामा संलग्न माथि कारवाही माग गर्दै  काठमाडौंस्थित माइतीघर मण्डलामा प्रदर्शन भएको छ । सिरहासहित मधेशका जिल्लाका युवाहरूको समूहले माइतीघरमा दोषीलाई कारवाही माग गर्दै प्रदर्शनसहित रिंकुको सम्झनामा मैनबत्ती बालेका थिए ।बाहिरबाट ढोका बन्द गरिएको अवस्थामा भिक्र झुण्डिएको भेटिएकाले उनको मृत्युलाई परिवारजनले शंकास्पद भनेका छन् ।