
एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमएबि हाइब्रिड फन्ड एल २ को एकाइ खरिदका लागि फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
क्यापिटलले प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँबराबरको १२ करोड एकाइ बिक्रीमा ल्याएको हो । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फन्ड एल २ दश वर्षे बन्दमुखी योजना हो । साथसाथै, यो योजना हाइब्रिड प्रकृतिको भएकाले सामान्यतया इक्विटी फन्डभन्दा तुलानात्मक रुपमा कम जोखिम हुने गर्दछ ।
उक्त फन्डमा न्यूनतम १०० देखि १ करोड २० लाख एकाइसम्म अर्थात प्रतिएकाइ रु. १० का दरले रु. १ हजारदेखि रु १२ करोडसम्मको आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
फन्डले १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख एकाइ कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख एकाइ योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख एकाइ सर्वसाधरणलाई बिक्री गरेको हो । फन्डको कुल १२ करोड एकाइ मध्य कोष प्रवर्धक र योजना व्यवस्थापकले सम्पूर्ण बीज पुँजीबराबरको १ करोड ८० लाख एकाइ र ५८,४४० सर्वसाधारण/संस्थागत लगानीकर्ताहरुबाट १० करोड १५ लाख एकाइको लागि आवेदन प्राप्त भएको छ ।
म्युचुअल फन्ड निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रवर्द्धकलाई आईक्रा ए प्रदान गरेको छ । योजना व्यवस्थापकलाई एमएमसी क्वालिटी २ रेटिङ प्रदान गरेको छ । यस रेटिङले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा उच्च विश्वास रहेको संकेत गर्दछ ।
उक्त फन्डको एकाइमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ मार्फत अनलाइन आवेदन दिन सकिनेछ ।