बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार विदेश

प्रकृतिको नाममा विशेष छात्रवृत्ति प्रदान गर्ने केआईआईटीको घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ फागुन, २०८१ मा प्रकाशित
प्रकृतिको नाममा विशेष छात्रवृत्ति प्रदान गर्ने केआईआईटीको घोषणा
ओडिसा, फागुन ९ :

भारतको ओडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

कलेजले बिहीबार एक सूचना जारी गर्दै लम्सालको सम्मान र संस्मरणका लागि उनको नाममा विशेष छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।

केआईआईटीका प्राध्यापक अच्युत सामन्तले प्रकृति राम्रो विद्यार्थी भएको स्मरण गर्दै उनीजस्ता अन्य विद्यार्थीलाई पढ्ने वातावरण प्रभावकारी बनाउन छात्रवृत्तिको घो‍षणा गरिएको बताए ।

सामन्तले नेपाली दूतावासका काउन्सिलरहरू, नेपालका परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग फोनमा कुराकानी गरी यस विषयमा गरिएका कारबाहीहरूको बारेमा जानकारी गराएका थिए । ओडिसा राज्यका शिक्षामन्त्री सूर्यवंशी सुरजले केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चितताको प्रतिबद्धता जनाएका छन् ।

केआईआईटीको होस्टेलमा यहीँ फागुन ४ गते झुन्डिएको अवस्थामा प्रकृतिको शव फेला परेको थियो । प्रकृतिको बुधबार राति नै नेपाल ल्याएर दाहसंस्कार गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार