
काठमाडौँ, फागुन १२ :
नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि भएको छ ।
आज सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार सुनको मूल्य तोलामा एक लाख ७० हजार कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आइतबार चाँदी तोलामा एक हजार ९७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।