सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
कर्पोरेट

यतीमा उडान भर्दा उपहारमा क्रोकोडाइल लगेज पाइने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ फागुन, २०८१ मा प्रकाशित
यतीमा उडान भर्दा उपहारमा क्रोकोडाइल लगेज पाइने
काठमाडौं, फागुन १२ :

यती एअरलाइन्समा उडान भर्ने यात्रुले क्रोकोडाइल लगेज तथा ब्यागप्याकमा हात खाली नजाने उपहार पाउने भएका छन् ।

फेब्रुअरी, मार्च र अप्रिल महिनामा यती एअरलाइन्सबाट यात्रा गर्ने यात्रुले क्रोकोडाइल लगेजको खरिदमा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । यती एअरलाइन्सबाट सन् २०२५ को कुनै पनि मितिमा उडान भरेका ग्राहकले आफ्नो बोर्डिङ पास क्रोकोडाइल लगेजका नजिकका आउटलेटमा जम्मा गरी यो छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुट सन् २०२५ को डिसेम्बर ३१ तारिखसम्म रहनेछ । अनलाइनबाटै लगेज तथा ब्यागप्याक खरिद गर्न चाहने ग्राहकले भने क्रोकोडाइल लगेज नेपालको आधिकारिक फेसबुक पेज वा इन्स्टाग्राम पेजमार्फत खरिद गरि प्राप्त छुटका लागि डेलिभरीको समयमा यती एअरलाइन्सको बोर्डिङ पास ह्यान्डओभर गर्न सक्नेछन् ।

क्रोकोडाइल लगेजका आधिकारिक विक्रेता देशैभर छन् । ब्रान्डको फ्ल्यागसिप स्टोर भने काठमाडौंको कान्तिपथ र ललितपुरको कुपन्डोलमा छ ।

१९४७ मा स्थापना भएको क्रोकोडाइल लगेज तथा ब्याकप्याकको ग्लोबल ब्रान्ड हो । सन् १९९८ देखि नेपाली बजारमा निरन्तर बिक्री भइरहेको क्रोकोडाइल प्रिमियम उत्पादन र एफोर्डेबल प्राइसिङका लागि आमउपभोक्तामाझ लोकप्रिय छ ।

५ वर्षको वारेन्टी प्रदान गरिएका क्रोकोडाइल नेपाली लगेज बजारको नेतृत्वकर्ता ब्रान्ड भएको बताउँदै कम्पनीका निर्देशक वासु सर्राफ भन्छन्, ‘हामीले दोस्रो पुस्ताका रुपमा लगेजको व्यापार गरिरहेका छौं । गुणस्तरीय उत्पादन र उपभोक्ता सन्तुष्टिका लागि हामीले निरन्तर गरेको मिहिनेतको प्रतिफल स्वरुप आज हामीले बलियो ब्रान्ड इमेज बनाउन सफल भएका हौं ।’

यती एयरलाइन्स र क्रोकोडाइल लगेजबीचको यो सहकार्यले यती एअरलाइन्सका यात्रुले पाउने विशेष छुटका अलावा प्रत्येक साता क्रोकोडाइल ब्यागप्याक तथा प्रत्येक १५ दिनमा क्रोकोडाइल क्याबिन लगेज उपहार स्वरुप जित्न सक्नेछन् । यती एयरलाइन्सले आफ्ना यात्रुबीच गर्ने लक्की ड्रमार्फत विजेता घोषणा गरी उपहारहरु प्रदान गरिनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार