बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
समाचार

यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १३ फागुन, २०८१ मा प्रकाशित
यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन
काठमाडौँ, फागुन १३ :

सरकारले श्रम- सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराएको छ । 

सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, सोको प्रक्रिया, नेपाली राजदूतावास अबुधाबी, नेपाली समाज युएई र गैरआवासीय नेपाली सङ्घ, एनसीसी युएईलगायतका सङ्घ- संस्थाको सहयोगमा उक्त अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो । 

अबुधावीदेखि तीन सय किलोमिटर पूर्वमा रहेको उजारेखमा घुम्ति शिविरमार्फत श्रमिक सचेतना तथा राहदानी एवं कन्सुलर कार्यक्रम सञ्चालन गरिएको दूतावासले जनाएको छ । सो शिविरमा तीन सयभन्दा  बढी नेपालीलाई नेपाल तथा युएईका विद्यमान श्रम कानूनका विषयमा अद्यावधिक जानकारी गराइएको थियो । 

कार्यक्रममा  औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, नेपाली राजदूतावास, युएईबाटनै पुनः श्रम स्वीकृति उपलब्ध गराउने सम्बन्धी व्यवस्था र वित्तीय साक्षरतालगायतका विविध विषयमा सचेतनामूलक जानकारी प्रदान गरिएको छ । 

उक्त घुम्ति शिविरमा फूजैरहा इमिरेट्स र सोको आसपास रहनुभएका दुई सय १६ जना नेपालीको राहदानी नवीकरण गरिएको दूतावासले विज्ञप्ति मार्फत जानकारी गराएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार