फागुन १३ :

जर्मनीमा सम्पन्न आमचुनावमा कन्जरभेटिभ सीडीयू पार्टी देशको सबैभन्दा ठूलो पार्टी बनेको छ ।

यस पार्टीले सबैभन्दा बढी २८ दशमलव ६ प्रतिशत मत पाएको छ ।

सीडीयूरसीएसयू पार्टीका नेता फ्रेडरिक मर्जले आफ्नो पार्टीको जितमा खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘आज हामी उत्सव मनाइरहेका छौँ। भोलिदेखि काम गर्नेछौँ ।’

जर्मनीमा चुनावपछि मतगणना सम्पन्न भइसकेको छ। चुनावी नतिजाअनुसार अल्टरनेटिभ फर जर्मन पार्टी (एएफडी) दोस्रो र सोसल डेमोक्रेटिक पार्टी तेस्रो भएको छ । -एजेन्सी