
काठमाडौँ, फागुन १३ :
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
आज सुनको मूल्य तोलामा एक लाख ७० हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार छापावाल सुन तोलामा एक लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा एक हजार ९८५ रुपैयाँ कायम भएको छ ।