काठमाडौँ, फागुन १६ :

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा एक लाख ७० हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा एक हजार ९४० रुपैयाँ कायम भएको चाँदी आज ५ रुपैयाँ बढेर एक हजार ९४५ रुपैयाँ कायम भएको छ ।