
नेपालको पहिलो डिजिटल वालेट आईएमई पे ले यूएईबाट ‘बोटिम’ मार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।
बोटिम एपमार्फत यूएईमा बस्ने नेपालीले नेपालमा आईएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारीअन्तर्गत यो अफरले यूएईमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीमा थप उत्साह थप्न मद्दत गर्ने विश्वास कम्पनीले राखेको छ ।
फागुन १५ देखि चैत १५ गतेसम्म लागु हुने अफरअन्तर्गत नेपाली १० हजार रुपैयाँ वा त्योभन्दा बढी प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन् । आईएमई पेमा विदेशको कुनै पनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ ।
विदेशमा कडा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यममार्फत चाँडै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन आईएमई पेले लामो समयदेखि सेवा दिँदै आएको छ ।