
काठमाडौँ, फागुन १७ :
नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपैयाँ घटेको छ ।
आज सुन तोलामा एक लाख ६८ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, बिहीबार तोलामा एक हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।