बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

इजरायलले ४२ दिनका लागि युद्धविरामको अवधि बढायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १९ फागुन, २०८१ मा प्रकाशित
इजरायलले ४२ दिनका लागि युद्धविरामको अवधि बढायो
काठमाडौं, फागुन १९ :

इजरायलले आफ्नो युद्धविरामको अवधि ४२ दिन थप गरेको घोषणा गरेको छ । यो निर्णय युद्धविरामको पहिलो चरण समाप्त भएको दिनपछि गरिएको हो ।

सन् २०२५ को जनवरी १९ देखि सुरु भएको युद्धविरामको पहिलो चरण १ मार्च शनिबारको मध्यराति समाप्त भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत, स्टिभ विटकोफको प्रस्तावमा इजरायलका प्रधानमन्त्री नेतन्याहूले सहमति जनाएका हुन् ।

युद्धविरामको अवधि रमजानलगायता महत्त्वपूर्ण चाडपर्वलाई ध्यानमा राखेर थपिएको जानकारी प्राप्त भएको छ । यसबीचा दोस्रो चरणको युद्धविरामको विषयमा थप छलफल हुने बताइएको छ । 

बन्धकहरु मुक्त गर्ने क्रम नसकिएको हुँदा दोस्रो चरणको युद्धविराम गर्नुपर्ने पक्षमा हमास पनि देखिएको छ । सम्झौताबमोजिम बन्दीहरु रिहा नभएको भन्दै दुवैले एक-अर्कालाई आरोप लगाउँदै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार