
भारतको टाइल निर्माता कजारियाले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै काठमाडौंको सतुंगलमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ ।
श्री साई इन्टरप्राइजेजद्वारा सञ्चालित सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र चन्द्रागिरि नगरपालिका ११ का अध्यक्ष नरेद्रराज श्रेष्ठको उपस्थिति थियो ।
समारोहमा कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रविन सिंहले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने, ‘काठमाडौँ कजारियाका लागि एक प्रमुख बजार रहिआएको छ । हामी आफ्ना नवीनतम् र मजबुत उत्पादन ग्राहकसम्म ल्याउन पाउँदा खुसी छौं ।’
रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको ठुलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ ।
यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ ।