काठमाडौँ, फागुन २२ :

नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ।

आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

मङ्गलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी को मूल्य प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।