सिरहा, फागुन २२ :

सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका मुख्य आरोपी रुपेश मण्डललाई पक्राउ गरिएको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए ।

मृत्यु हुनुअघि रिंकुले आफूमाथि बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो ।  शौच गर्न बाहिर निस्केकी उनीमाथि सामूहिक बलात्कार भएको थियो ।

त्यो त्रासदीपूर्ण घटनाबाट विक्षिप्त भएकी १७ वर्षीया किशोरी रिंकु माघ ३० गते आफ्नै  घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।  त्यस घटनाको छानबिन गर्न र पीडितलाई न्याय दिन चौतर्फी दबाब परेको थियो ।

यसैबीच, सिरहा जिल्ला अदालतबाट प्रहरीले मुख्य आरोपी  मण्डलमाथि दुई दिनको म्याद थप गराएको छ ।