शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार प्रदेश मधेस प्रदेश

१५ दिने माध्यमिकी परिक्रमा यात्रा सम्पन्न

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २४ फागुन, २०८१ मा प्रकाशित
१५ दिने माध्यमिकी परिक्रमा यात्रा सम्पन्न
महोत्तरी, फागुन २४ :

मिथिला माध्यमिकी १५ दिने परिक्रमामा यात्रीले महोत्तरीको यात्रा सम्पन्न गरेका छन् । 

यात्राको चौथो दिनदेखि आठौँ दिनसम्मको रात्रिवास महोत्तरीमा गरेका यात्री आज नवौँ दिन बिहान कञ्चनवनबाट धनुषाका लागि प्रस्थान गरेका हुन् । 

कञ्चनवनको रात्रि विश्राम गरेसँगै आज बिहान यहाँबाट यात्री धनुषा प्रवेश गरेपछि महोत्तरीको यात्रा सम्पन्न भएको हो । महोत्तरीमा मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन परिक्रमाका रात्रिवास रहने परम्परा छ ।

परिक्रमाका यात्री आज बिहान कञ्चनवनमा स्नान गरेर रङ खेल्दै रामसीताको भजन गाउँदै अघिल्लो यात्राका लागि प्रस्थान गरेका छन् । यसअघि बिहीबार कञ्चनवन आएर यात्रीले होरी (फागु) महोत्सव मनाएका थिए । त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर अबीर खेलेका विश्वासमा यहीबाट होली पर्व प्रारम्भ हुने परम्परा छ ।

आज यात्री धनुषाको क्षिरेश्वरनाथ महादेवको दर्शन गर्दै धनुषाकै पर्वतामा रात्रिबास गर्नेछन् । त्यसपछि १० औँ दिन धनुषाधाम, ११ औँ दिन सतोखरधाम र १२ औँ दिन औरहीमा रात्रिवासपछि परिक्रमा टोली १३ औँ दिनको विश्रामका लागि भारतको मधुवनी जिल्लामा पर्ने करुणा पुग्नेछ । त्यसपछि १४ औँ दिन मधुवनीकै बिसौलमा बसेपछि यात्री अन्तिम बासका लागि धनुषाको जनकपुरधामस्थित रङ्गभूमि मैदान (बाह्रबिघा) पुग्नेछन् । 

यसअघि पहिलो दिनको बास धनुषाकै हनुमानगढीमा गरेका यात्रीले दोस्रो र तेस्रो दिनको बास मधुवनीको कलना (कल्याणेश्वर) र फुलहर (गिरिजास्थान) मा गरिसकेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार