काठमाडौँ, फागुन २४ :

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।