सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार#‘गेटा विश्वविद्यालय#प्रा#डा सुनिलकुमार जोशी#काठमाडौँले टस जित्यो#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना #प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार#‘गेटा विश्वविद्यालय#प्रा#डा सुनिलकुमार जोशी#काठमाडौँले टस जित्यो#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना
समाचार

नवलपरासीमा आगलागीमा परि तीन जना घाइते, पाँच घर जले

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २४ फागुन, २०८१ मा प्रकाशित
नवलपरासीमा आगलागीमा परि तीन जना घाइते, पाँच घर जले
नवलपरासी , फागुन २४ :

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका- ३ सेख्वानामा आगलागी हुँदा तीन जना घाइते भएका छन् ।

आगलागीबाट सोही स्थानका इद्रिस अलीकी श्रीमती सतारुल नेसा, निजामोदिन मियाँ र तैमुरदिन मियाँ घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले जानकारी दिए । 

उनका अनुसार सतारुलको अनुहार, टाउको र हात जलेको छ भने निजामोदिनको दुवै हात र खुट्टा जलेका छन्, तैमुरदिनको भने सामान्य हात जलेको छ ।

शुक्रबार दिउँसो विद्युत्को मिटरबक्स सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट पाँचजना दाजुभाइ इद्रिस अली, कसिम अलि, नुर महमद अलि, मो शेख आलम मियाँ, अफताव अलिको घर जलेको सूचना अधिकारी क्षेत्रीले बताए ।

आगलागीबाट खद्यान, लत्ताकपडा, भाडा, बोइरल कुखुरा, चार थान मोबाइल, फर्निचरका सामान, गरगहना तथा नगद गरी रु २७ लाख २९ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए ।

आगोलाई बर्दघाट नगरपालिका र रामग्राम नगरपलिकाको दमकल तथा प्रहरी र स्थानीयहरूको सहयोगमा नियन्त्रण लिइएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार