आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

मोटरसाइकल दुर्घटनामा तनहुँ कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ फागुन, २०८१ मा प्रकाशित
मोटरसाइकल दुर्घटनामा तनहुँ कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु
तनहुँ, फागुन २६ :

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका- २ नर्सरीमा मोटरसाइकल दुर्घटना नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल  शनिबार राति दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि जिपी कोइराला अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार