
काठमाडौं, फागुन २६ :
एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैंकका अनुसार नवनियुक्त प्रमुख कार्यकारी घिमिरेको कार्यकाल यही वैशाख १० गतेबाट सुरु हुनेछ । घिमिरे हाल एनएमबी बैंकमै नायब प्रमुख कार्यकारी अधिकृत रहँदै आएका छन् ।
बैंकका अनुसार हालका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले वैशाख ९ गतेसम्म कार्यकाल सम्हाल्नेछन् ।
यसबाहेक बैंकले हालका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको छ ।