आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

काठमाडौं विश्वको पाँचौं प्रदूषित सहर, पानी नपर्दा वायु प्रदूषण बढ्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ फागुन, २०८१ मा प्रकाशित
काठमाडौं विश्वको पाँचौं प्रदूषित सहर, पानी नपर्दा वायु प्रदूषण बढ्यो
फाइल तस्बिर।
काठमाडौं, फागुन २६ :

काठमाडौँ उपत्यका विश्वको पाँचौं प्रदूषित सहरको सूचीमा परेको छ । आजको ‘एयर क्वालिटी इन्डेक्स’ अनुसार काठमाडौँ विश्वका पाँचौं प्रदूषित सहरको सूचीमा परेको हो ।

यहाँको वायु प्रदूषणको स्तर १६३ एक्यूआईमा पुगेको छ । पर्याप्त पानी नपर्दा काठमाडौंको वायु प्रदूषण बढेको जनाइएको छ ।

पर्याप्त वर्षा नहुँदा आकाशमा बादलको घेरो छाएको छ । वायु प्रदूषण पनि बढेको छ । मौसमविद् विनु महर्जनका अनुसार, स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा हुन सकेको छैन ।

‘मुलुकका केही भागमा हिमपात र हल्का वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,’ उनले भनिन्, ‘अझै तीन दिन यस्तै मौसम रहने देखिन्छ ।’ आकाशमा धुम्म बादल लाग्दा मौसम पनि धुमिल देखिनुका साथै केही चिसो पनि बढेको महसुस भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार