काठमाडौँ, फागुन २८ :

नेपाली बजारमा मङ्गलबार सुनको पाँच सय रुपैयाँले घटेको छ । 

आज सुनको मूल्य घटेर तोलामा एक लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि सोमबार सुनको मूल्य तोलामा एक लाख ७० हजार ४०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा एक हजार ९७० रुपैयाँ कायम भएको छ ।