इस्लामवाद, फागुन २९ :

मङ्गलबार पाकिस्तानको बलुचिस्तान प्रान्तमा ४०० भन्दा बढी यात्रु बोकेको रेललाई सशस्त्र अतिवादीहरूले कब्जा गरेका थिए ।

आक्रमणको जिम्मेवारी पृथकतावादी समूह बलोच लिबरेशन आर्मी (बीएलए) ले लिएको छ। यो आक्रमण क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा भएको थियो ।

पाकिस्तानी सैन्य स्रोतहरूले जाफर एक्सप्रेस आक्रमणपछि अहिलेसम्म १०४ यात्रुलाई उद्धार गरिएको दाबी गरेका छन् भने यस कारबाहीमा १६ अतिवादी मारिएको बीबीसी हिन्दीले जनाएको छ ।

यसैबीच, जाफर एक्सप्रेसका ८० यात्रुहरू माछा रेलवे स्टेशन पुगेको र उनीहरूलाई प्राथमिक उपचार गरिएको जनाइएको छ ।

रेलवे अधिकारीहरूका अनुसार उक्त रेलमा ९ वटा कोच र ४०० भन्दा बढी मानिसहरु यात्रा गरिरहेका थिए ।