बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

युक्रेन युद्धविरामको सम्भावनाप्रति आशावादी ट्रम्प

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३० फागुन, २०८१ मा प्रकाशित
युक्रेन युद्धविरामको सम्भावनाप्रति आशावादी ट्रम्प
वासिङ्टन, फागुन ३० :

किएभ र मस्कोले बिहीबार बिहानै ताजा हवाई आक्रमणहरू सुरु गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूले युक्रेन युद्धमा युद्धविराम सुरक्षित गर्न सक्ने आशा व्यक्त u।

संयुक्त राज्य अमेरिकाले रुसलाई बिना कुनै शर्त शत्रुतालाई रोक्न सहमत होस् भन्ने चाहेको अधिकारीहरूले बताएका छन् ।
क्रेमलिनले यस साता सहमत भएको अमेरिकी–युक्रेनी प्रस्तावको विवरणको प्रतीक्षा गरिरहेको बताएको छ र विगत तीन वर्षमा दशौं हजारलाई मृत्युको मुखमा पु¥याएको लडाइँ रोक्ने आफ्नो तत्परताको कुनै सङ्केत दिएको छैन ।
राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्षको आक्रमणमा रूसी क्षेत्र कब्जा गर्न लडिरहेका युक्रेनी सेनाहरू विरुद्ध लाभ हासिल गरेका रूसी सेनाहरूको भ्रमण गरेका थिए ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो देश सम्झौता गर्न तयार रहेको बताए । पुटिनले सम्झौता गर्न अस्वीकार गरेमा अमेरिकाले ‘कडा’ प्रतिक्रिया दिने सङ्केत दिएको छ ।

‘हामी अहिले बोलिरहेकै बेला मानिसहरू रुस गइरहेका छन् र आशा छ कि हामी रुसबाट युद्धविराम प्राप्त गर्न सक्छौं,’ ट्रम्पले आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनसँगको ओभल अफिस बैठकका क्रममा पत्रकारहरूलाई बताए ।

ह्वाइट हाउसले गाजा र युक्रेन युद्धका मध्यस्थकर्ता ट्रम्पका दूत स्टिभ विटकोफ यस हप्ता मस्कोमा हुने बताएको छ ।
बुधबार ट्रम्पले पुटिनसँग कुरा गर्ने कि नगर्ने उल्लेख गरेनन् तर मस्कोबाट ‘सकारात्मक सन्देश’ आएको जनाउँदै उनले भने, ‘मलाई आशा छ कि उहाँले युद्धविराम गर्नुहुनेछ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार