काठमाडौं, चैत १ :

स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट भएको छ । बाँडफाँटमा १९ हजार ५७३ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यसैगरी भाग्यमानी ३ जनाले भने ११/११ कित्ताका दरले सेयर हात पारेका छन् ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज (शुक्रबार) एफपीओ बाँडफाँट गरेको हो ।

एफपीओका लागि १७ लाख ८० हजार ४५७ जनाले दुई करोड १७ लाख १५ हजार ७५० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २६ सय ६४ आवेदकको आवेदन रद्द भएको थियो ।