शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
खेलकुद फुटबल

स्ट्राइकर नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २ चैत, २०८१ मा प्रकाशित
स्ट्राइकर नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने
साओ पाउलो, चैत २ :

ब्राजिलका स्टार स्ट्राइकर नेइमार जाँघको चोटका कारण सन् २०२६ मा हुने विश्वकप फुटबलका लागि मार्चमा हुने कोलम्बिया र अर्जेन्टिनाविरुद्धको छनोट खेलमा नखेल्ने भएका छन् । 

नेइमार चोटका कारण करिब डेढ वर्ष ब्राजिली टोलीबाट बाहिर रहेका थिए तर फेब्रुअरीमा सान्तोसमा फर्किएका थिए । 

ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोटमा पाँचौँ स्थानमा झरेपछि डोरिभल जुनियरको प्रशिक्षणमासन् २०२३ को अक्टोबरमा उनले अन्तिम पटक ब्राजिलको प्रतिनिधित्व गरेको टोलीमा ७९ गोल गरेका थिए । उनी ब्राजिलका हालका खेलाडीमध्ये सर्वाधिक गोलकर्ता हुन् । 

ब्राजिलले मार्च २० मा ब्रासिलियामा कोलम्बियाको सामना गर्नेछ भने त्यसको पाँच दिनपछि ब्यूनस आयर्समा प्रतिद्वन्द्वी तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सामना गर्नेछ ।

३३ वर्षीय नेइमारले दुई साताअघि १४ महिनापछि पहिलो गोल गर्दै सान्तोसका लागि खाता खोलेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार