मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
विदेश

ट्रम्प प्रशासनको नयाँ नीति: भुटानसहित ४३ देशका नागरिकलाई अमेरिका यात्रा प्रतिबन्धको तयारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २ चैत, २०८१ मा प्रकाशित
ट्रम्प प्रशासनको नयाँ नीति: भुटानसहित ४३ देशका नागरिकलाई अमेरिका यात्रा प्रतिबन्धको तयारी
वासिङ्टन, चैत २ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले भुटानसहित ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

ट्रम्प प्रशासनले जारी गरेको सूचनाका अनुसार दक्षिण एसियाका अफगानिस्तान र भुटानका नागरिकलाई पूर्णरूपमा अमेरिका यात्रामा रोक लगाइने छ। अमेरिकाको ‘रेड लिस्ट’मा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिविया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुयला र येमेन परेका छन्, जसका नागरिकलाई अमेरिका प्रवेशमा पूर्णरूपमा प्रतिबन्ध लगाउने योजना बनाइएको छ।

त्यस्तै, ‘ओरेन्ज लिस्ट’मा रहेका बेलारुस, इरिट्रिया, हाइटी, लाओस्, म्यानमार, पाकिस्तान, रुस, सेरा लियोन, दक्षिण सुडान र तुर्कमेनिस्तानका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लाग्न सक्ने उल्लेख गरिएको छ।

अमेरिकी प्रशासनले जारी गरेको ‘एलो लिस्ट’मा अङ्गोला, कम्बोडिया, क्यामरुन, कङ्गो, लाइबेरिया, माली, जिम्बाब्वेसहित २२ देश रहेका छन्, जसका नागरिकलाई थप कडाइका साथ प्रवेश दिने नीति बनाउने तयारी गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प प्रशासनले आप्रवासन नीति कडा पार्ने अभियानअन्तर्गत यात्रा प्रतिबन्धको सूची सार्वजनिक गर्न लागेको हो।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार