काठमाडौँ, चैत ३ :

अघिल्लो कारोबार दिन उच्च विन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

गत शुक्रबार प्रतितोला सुन एक लाख ७४ हजार ५०० मा कारोबार भएकामा आज प्रतितोला ४०० रुपैयाँले घटेर एक लाख ७४ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँमा कायम भएको छ । शुक्रबार सोही परिणामको चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस दुई हजार नौ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।