
काठमाडौँ, चैत ४ :
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ।
आज छापावाल सुन आइतबारकै मूल्यमा प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर प्रतितोला दुई हजार ४० रुपैयाँमा किनबेच भइरहेको छ।