
काठमाडौँ, चैत ५ :
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
सोमबार प्रतितोला एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा एक हजार १०० ले बढेर एक लाख ७५ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५०० कायम भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला दुई हजार ५० निर्धारण भएको छ ।