
काठमाडौँ, चैत ६ :
छापावाल सुनको मूल्य बुधबार तोलामा आठ सय रुपैयाँ बढेको छ ।
नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक लाख ७६ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै, मङ्गलबार तोलामा दुई हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ५ रुपैयाँ घटेर दुई हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।