बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

भ्रष्टाचारको आरोपमा पूर्वराष्ट्रपति यादव र भण्डारीविरुद्ध अख्तियारमा उजुरी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ चैत, २०८१ मा प्रकाशित
भ्रष्टाचारको आरोपमा पूर्वराष्ट्रपति यादव र भण्डारीविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं, चैत ७ :

पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ। 

सिन्धुलीका युवराज सफलले काठमाडौँमा घर भएका भएपनि, राज्यकोषबाट घरभाडाबापतको लाखौं रकम बुझेको भन्दै पूर्वराष्ट्रपति दुवैविरुद्ध उजुरी गरेका छन्।

अख्तियारमा दर्ता गरिएको उजुरीमा, यादव र भण्डारीलाई भ्रष्टाचार कसुरको अभियोगमा पक्राउ गरी छानबिन गर्न माग गरिएको छ। छानबिन नभए उनी अदालतसम्म जाने तयारीमा छन्।

यसअघि २०७९/८० आर्थिक वर्षको क्रममा, पूर्वराष्ट्रपति रामवरण यादवको भरणपोषणका लागि राज्यकोषबाट ४६ लाख २५ हजार ६१५ रुपैयाँ खर्च गरिएको छ, जुन समाचारका आधारमा उजुरीमा उल्लेख गरिएको छ।

राज्यकोषबाट पूर्वराष्ट्रपतिहरूको घरभाडा र अन्य भरणपोषणका लागि खर्च गरिएको रकमलाई भ्रष्टाचारको अङ्ग मान्दै छानबिनको माग गरिएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार