
बारा-अबिरल बर्षासँगै आएको बाढीले जीतपु्सिमराको एक घर र कार बगाउनुका साथै गाउँबस्ती क्षेत्रमा क्षति पुर्याएको छ ।
वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ शान्तिटोलमा भाङ्ग्रे खोलामाआएको बाढी बस्तीमा पस्दा स्थानीय नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक सुनिल साहको पक्की घर भत्किएको हो ।
बाहिर रहेका साहको घरमा उनको परिवारका सदस्य बस्दै आएकाथिए । बाढीले घर भत्काएपछि स्थानीय र सुरक्षाकर्मी मिलेर परिवारका सदस्यको उद्धार गरेर घरबाट सामान निकाल्ने क्रमजारी छ ।
त्यसैगरी बाढीले जीतपुरकाशिवजी साह सोनार लगायत चार जना सवार कार बजनीमा बाढीले बगाएको हो । बाढीले कार बगाएपछिएक स्थानीयले उनिहरुलाई उद्धार गरेकाथिए । बाढीले बगाएको कारलाई डोरीले रुखमा बाधेर राखिएको छ ।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका ५ स्थित खाल्काटोल डुबानमा परेको छ । अत्यधिकवर्षापछिआएको बाढीले सयौं घर रहेको बस्ती डुबानमा परेको हो । बस्ती डुबानमा परेपनि स्थानीय भने सुरक्षितछन् । वर्षाले सोही वडामा रहेको सशस्त्रप्रहरीको बेस क्याम्प, स्वास्थ्यचौकी समेत डुबानमा परेको छ ।
अबिरल बर्षासंगै आएको बाढीले जीतपुरसिमराको सिमरा बजार, एयरपोर्ट रोड, पावर हाउस, नरबस्ती, बजनीजलमग्नबनेको थियो । वर्षा रोकिएपछिबजार क्षेत्रमाआएको बाढीभने घटेको छ । बर्षाले सडक जलमग्न बनेपछि विद्यालयले आकस्मिक सूचनाजारी गर्दै विद्यालयबन्द गरेकाछन् ।
जीतपुरसिमराकानगर प्रमुख राजनपौडेलले बाढी र डुबानप्रभावित क्षेत्रको स्थलगतनिरीक्षण गरेकाछन् । वर्षासंगै आएको बाढीले स्थानीयस्तरमाक्षतिपुर्याएपछिजीतपुरसिमरा उपमहानगरपालिकाको नगर स्तरीय विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले बाढीपीडित तथा डुबानमा परेकाहरुलाई तत्काल राहत बितरण गर्ने निर्णय गरेको हो ।
बैठकले बाढीले गरेको क्षतीको मूल्याङ्कन गरी सोको उचित व्यवस्थापन गर्ने निर्णय गरेको नगरप्रमुखराजनपौडेलले जनाएकाछन् ।
त्यसैगरी अबिरल बर्षाले जिल्लाको सदरमुकाम कलैयामा बारा जिल्लाअदालत डुवानमा परेको छ । कार्यालय भित्र समेत बाढी पसेपछि कार्यालयको काम प्रभावित बनेको छ ।
बाढी कार्यालय भित्रै प्रबेश गरेपछि कैदी राख्ने कोठा ईजलास स्टोर लगायत डुवानमा परेको श्रेस्तेदार लालबहादुर कार्कीले बताउनुभयो ।