काठमाडौं, चैत ८ :

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।

बिहीबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको हो । 

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ७५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैगरी बिहीबार दुई हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।