शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
विदेश

जलवायु परिवर्तनको असर : बढ्दो गर्मीले विश्वका तालमा अक्सिजनको स्तर घट्दो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० चैत, २०८१ मा प्रकाशित
जलवायु परिवर्तनको असर : बढ्दो गर्मीले विश्वका तालमा अक्सिजनको स्तर घट्दो
बेइजिङ, चैत १० :

शनिबार प्रकाशित एक नयाँ अध्ययनले जलवायु परिवर्तनको दीर्घकालीन तापक्रम र बढ्दो गर्मीको लहरका कारण विश्वभरका तालहरूमा अक्सिजनको स्तर घटेको पत्ता लगाएको छ ।

अन्वेषकहरूले विगत २० वर्षमा विश्वभरका १५ हजार भन्दा बढी तालहरूमा अक्सिजनको मात्रा घट्दो प्रवृत्ति फेला पारेका हुन् ।

साइन्स एडभान्सेज जर्नलमा प्रकाशित उक्त अध्ययनले विश्वका ८३ प्रतिशत तालको सतहको पानीमा अक्सिजनको मात्रा घट्दै गएको जनाएको छ । साथै, समुन्द्र र नदी दुवैको तुलनामा तालमा अक्सिजन घट्ने औसत दर बढी रहेको देखाएको छ ।

अध्ययनले गर्मीको लहरले अक्सिजनको कमीमा द्रुत र स्पष्ट प्रभाव पारेको देखाएको छ, जसले गर्दा औसत तापक्रमभन्दा कम अवस्थाको तुलनामा ७.७ प्रतिशतले कमी आउँछ ।

लेखकहरूले यसको मुख्य कारण जलवायु परिवर्तन भएको बताएका छन्, जसले अक्सिजनको घुलनशीलता घटाएर ५५ प्रतिशत घटाउन योगदान पुर्याउँछ । तालहरूमा पोषक तत्वहरूको बढ्दो सांद्रता, जसलाई युट्रोफिकेशन भनिन्छ, यो लगभग १० प्रतिशत रहेको जनाएको छ ।

यी निष्कर्षहरूले ताजा पानीको इकोसिस्टमहरूमा जलवायु परिवर्तनको गहिरो प्रभावलाई रेखांकित गर्ने लेखकहरूले बताएका छन् । जसलाई एरोबिक जीवनलाई कायम राख्न र स्वस्थ जैविक समुदायहरू कायम राख्न पर्याप्त अक्सिजन स्तर चाहिन्छ ।

चाइनिज एकेडेमी अफ साइन्सेसको अनुसन्धानकर्ता झाङ युनलिनले अक्सिजनको कमीले प्रजातिहरू लोप हुन सक्ने बताएका छन् । जलीय जीवहरूको मृत्यु र व्यावसायिक माछा मार्ने उद्योगहरूको पतन हुन सक्ने उनले भनेका छन् ।

सह- लेखक शि कुनले तालहरूमा पोषक तत्वको मात्रा घटाउनमा ध्यान दिनु पर्ने बताए । जलवायु परिवर्तन र गर्मीको लहरका प्रमुख कारणहरूको लागि कुनै विशेष सुझावहरू भने दिइएको छैन ।

चीनको नानजिङ विश्वविद्यालय र बेलायतको बाङ्गोर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पनि अध्ययनमा भाग लिएका थिए । -सिन्ह्वा
 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार