काठमाडौं, चैत १० :

प्रधानमन्त्री केपी ओलीले सरकारको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गरेका छन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले सरकारको वार्षिक प्रतिवेदन बुझ्दै मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्‍त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारूकता आवश्यक भएको बताए ।

उनले उपलब्ध स्रोत-साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्‍त हुने बताए ।

दिगो शान्ति र सुशासन आवश्यक छ : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले नेपालको संविधानको मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने उल्लेख गरे ।